भारतका प्रधानमन्त्री मोदी जापान जाने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारतका प्रधानमन्त्री मोदी जापान जाने


६ जेष्ठ २०७९, शुक्रबार


टोकियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता जापान भ्रमणमा जाने भएका छन् ।

यही मे २४ मा जापानको राजधानी टोकियोमा हुने ‘क्वाद लिडरर्स समिट’ मा सहभागी हुन उनी जाने भएका हुन् ।

सम्मेलनमा जापान र अस्ट्रेलियाका समकक्षी र अमेरिकाका राष्ट्रपतिलगायतसँग उनको भेटवार्ता हुने अधिकारीहरुले जनाएका छन् ।

मोदीको भ्रमणका बारेमा भारतको विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा बिहीबार जानकारी दिइएको हो ।

यो सम्मेलन अहिले चौथो पटक हुन लागेको जनाइएको छ । सम्मेलनमा आपसी हित, साझा चासो, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चासोलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस