२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुरमा नौ वटा वडाको मतगणना सकियो

अ+ अ-

चितवन । भरतपुर महानगरपालिकामा नौ वटा वडाको मतगणना सकिएको छ ।

वडा नम्बर १ देखि ९ सम्मको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गणना सम्पन्न भएका वडामा अधिकांश पाँच दलीय गठबन्धनका वडाध्यक्ष निर्वाचित भएका छन् ।

वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए पनि अन्य वडामा गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवार विजयी भएका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ८ नेपाली काँग्रेस, ७ र ९ नेकपा समाजवादीका उम्मेदवारले विजय हासिल गरेका हुन् । अहिले वडा नम्बर १० र ११ को मत गणना १५ ठाउँमा भइरहेको छ । गणना भइरहेका दुई वडासहित अहिलेसम्म ४५ हजार ६० मतगणना गरी सकिएको छ ।

महानगरपालिकाको मतगणनाका क्रममा महानगर प्रमुखको उम्मेदवारमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल तीन हजार २७९ मतले अग्र स्थानमा रहेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १३ हजार ४१० मत प्राप्त गर्दा दाहालले १६ हजार ६८९ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ९१५ मत प्राप्त गरे ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई आठ हजार ५३३ मत अन्तरले पछि पार्दे अघि बढेका छन् । । उनले १९ हजार ३१२ मत प्राप्त गर्दै गर्दा गुरुङले १० हजार ७७९ मत प्राप्त गरेकी छन् । गणना भइरहेका वडामध्ये १० मा गठबन्धनबाट काँग्रेसका उम्मेदवारले अग्र स्थान लिएका छन् भने वडा नम्बर ११ मा नेकपा एमाले उम्मेदवारले अग्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस