धनुषाको कमला नगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धनुषाको कमला नगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी


५ जेष्ठ २०७९, बिहिबार


धनुषा । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रमुखमा विशेश्वर यादवले जसपाका पशुपति यादवलाई एक हजार २८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचित विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले दुई हजार ८५९ मत मात्र प्राप्त गरे । उपप्रमुखमा पनि काँग्रेसकै उम्मेदवार शिलादेवी मण्डल तीन हजार ८८७ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी पुनिता कुमारीले दुई हजार ७६६ मत मात्र ल्याए ।

सहिदनगर नगरपालिकाको प्रमुखमा जसपा र उपप्रमुख नेपाली काँग्रेस

धनुषाको शहीद नगर नगरपालिकामा प्रमुख जनता समाजवादी पार्टी (जसपा) र उपप्रमुखमा नेपाली काँग्रेसले जितेको छ ।

प्रमुखमा दिनेशप्रसाद यादवले पाँच हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुधीरकुमार गोइतले चार हजार १०५ मत प्राप्त गरे । उपप्रमुखमा सुनिता कुमारी सिंहले चार हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाको लक्ष्मीनिया कुमारी मण्डलले चार हजार ७९१ मत प्राप्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस