व्यासको प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेको अग्रता « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

व्यासको प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेको अग्रता


५ जेष्ठ २०७९, बिहिबार


दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् ।

हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी नेपाली काँग्रेसका वैकुण्ठ न्यौपानेले ८६१ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा एमालेका वसुन्धरा घर्तीले अग्रता लिएका छन् । घर्तीले एक हजार ३४ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेपाली काँग्रेसका इन्दिरा दरैले ९६५ मत प्राप्त गरेका हुन्। चौध वडामध्ये व्यासका वडा नं १, २, ३ र ४ को मतगणना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस