चीनको सांघाइमा घट्यो कोरोनाको सङ्क्रमण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चीनको सांघाइमा घट्यो कोरोनाको सङ्क्रमण


५ जेष्ठ २०७९, बिहिबार


सांघाइ । चीनको सांघाइमा कोरोनाको सङ्क्रमण घटेको पाइएको छ । यहाँ गएको २४ घण्टामा यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएकाको संख्या ८२ मात्र रहेको छ ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टामा चीनको सांघाइ सहरमा सङ्क्रमित व्यक्तिमध्ये ८२ जना स्थानीय स्तरमै सङ्क्रमित भएकाहरु पाइएका छन् ।

उता यहाँ बाहिरबाट आएका अन्य संक्रमितहरु भने २६३ जना रहेका छन् । ती संक्रमितहरु विदेश तथा चीनका अरु सहरबाट आएकामा पाइएको बताइएको छ ।

पछिल्लो केही दिनयता कोरोनाभाइरसका सङ्क्रमितको संख्या केही मात्रामा घट्न थालेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सांघाइ म्युनिसिपल हेल्थ कमिसनले दिएको जानकारीअनुसार यहाँ तीन हप्ता अघि दैनिक कम्तीमा २ हजार देखि माथि नै पाइने गरेका सङ्क्रमितहरूको संख्या अहिले घटेको छ ।

पछिल्ला केही दिनयता सङ्क्रमित व्यक्तिको संख्या घट्न थालेको स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।

चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरूको संख्या प्रत्येक दिन घट्दै गएका बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस