तुलसीपुर उपमहानगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तुलसीपुर उपमहानगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता


५ जेष्ठ २०७९, बिहिबार


दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार हजार ६१३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का नगरप्रमुखका उम्मेदवार टीकाराम खड्काले चार हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनीहरुबीच २१० को मतान्तर रहेको छ । त्यस्तै उपप्रमुखमा भने एमालेका स्यानी चौधरीले अग्रता लिएकी छन् ।

एमालेका उपप्रमुखका उम्मेदवार चौधरीले चार हजार २२६ र गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले तीन हजार ७३८ मत प्राप्त गरेका छन् । उनीहरुबीच ४८८ को मतान्तर छ ।

यसअघि तुलसीपुर–१ मा गठबन्धनबाट होमकान्त सापकोटा निर्वाचित भएका छन् । वडा नं २ बाट एमालेका भीमबहादुर कुँवर योगी निर्वाचित भइसकेका छन् ।

अहिले वडा नं ३, ४ र ५ को मतगणना जारी छ । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ ले मतदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस