अर्घाखाँची । शीतगङ्गा नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ ।
गठबन्धनबाट काँग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार ७८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वसन्तकुमार श्रेष्ठले नौ हजार ८९२ मत ल्याएर पराजित भएका हुन् ।
यस्तै उपप्रमुखमा एमालेका गीता भाट १० हजार २८८ मत पाएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का टीकाबहादुर रेस्मी आठ हजार ५७ मत प्राप्त गरेर पराजित भएका हुन् ।