महोत्तरीको पिपरामा जसपा नेपाल विजयी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

महोत्तरीको पिपरामा जसपा नेपाल विजयी


५ जेष्ठ २०७९, बिहिबार


जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार अध्यक्षमा जसपाका रामजानकी यादवले ५ हजार ५८२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अमितकुमार पाण्डेयले दुई हजार ९७७ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि जसपाकै बन्दना पाण्डेयले पाँच हजार ४० मत ल्याएर विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी रविता कुमारीले तीन हजार ६२३ मत प्राप्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस