लगातार १० पटकसम्म वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकार पराजित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लगातार १० पटकसम्म वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकार पराजित


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्मको वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यस पटक भने पराजित भएका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा ११ औँ पटक वडा अध्यक्ष पदमा उनी स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर उनी यस पटक भने आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भए ।

८१ वर्षीय नरसिंहले ५४३ मत पाउँदा उनका ४४ भतिज रविनमानले ८२५ मत ल्याउँदै वडा अध्यक्ष पद जिते । रविनमान नेपाली काँग्रेसका उम्मेदवार हुन् ।

नरसिंह भने स्वतन्त्र रुपमा चुनाव लडेका थिए । उनले पुतली चुनाव चिह्न पाएका थिए ।

नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यतिबेला उनले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराएका थिए । त्यसयता ललितपुर महानगरपालिका वडा नम्बर १० को नेतृत्व उनले नै गर्दै आएका थिए ।

बहुदल आएपछिको पहिलो स्थानीय चुनावमा उनी नेपाली काँग्रेसको तर्फबाट निर्विरोध भएका थिए । २०७४ को स्थानीय चुनावमा पनि उनी स्वतन्त्र रूपमा नै चुनाव जितेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस