आठबीसकोटमा माओवादी केन्द्र विजयी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

आठबीसकोटमा माओवादी केन्द्र विजयी


४ जेष्ठ २०७९, बुधबार


जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

नगरप्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका छन् । केसीले सात हजार ३९९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धीरेन्द्र बटालालाई पराजित गरेका हुन्। बटालाले ६ हजार ६१५ मत पाए । सो नगरपालिकामा काँग्रेस र एमालेबीच चुनावी गठबन्धन भएको थियो ।

उपप्रमुखमा विजयी शाहीले सात हजार २६५ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी दिनेश चन्दले ६ हजार २६८ मत प्राप्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस