मोरङ सुनवर्षीको मेयर र उपमेयरमा एमाले विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोरङ सुनवर्षीको मेयर र उपमेयरमा एमाले विजयी


४ जेष्ठ २०७९, बुधबार


विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।

मेयरमा श्यामप्रसाद राजवंशी र उपमेयरमा मीरादेवी दास केवरत निर्वाचित भएका हुन् ।

राजवंशीले ८ हजार ६३९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर कार्कीले ६ हजार ९५३ मत पाए ।

उपमेयरमा निर्वाचित मीरादेवीले ८ हजार ३८३ मत पाउँदा निकटतम् प्रतिस्पर्धी काँग्रेसकी विमलादेवी केवरतले ७ हजार ४२७ मत ल्याइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस