८ अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

८ अङ्कले बढ्यो नेप्से


४ जेष्ठ २०७९, बुधबार


शेयर बजार

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से ८.९० अङ्कले बढेको छ । मङ्गलवार ८४ अङ्कले घटेको बजार बुधवार भने केही थामिएको हो ।

बुधवार कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहमा हरियाली छाएको छ भने ५ उपसमूह राताम्मे रह्यो ।

नेप्सेका अनुसार बुधवार बजार परिसूचक ८.९० अङ्कले बढेर २२ सय ७४.४२ को बिन्दुमा पुगेको छ । बुधवार २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम भने एक अर्ब ३२ करोड ६३ लाख छ ।

दोस्रो बजारमा खरिद बिक्री भएका मध्ये १२७ कम्पनीको सेयर मूल्य बढ्यो भने ५२ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

बुधवार राधी विद्युत्, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र वरुण हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढ्यो । दोस्रो बजारमा सूर्योदय लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लाग्यो भने प्रुडेन्सिल इन्स्योरेन्स र सूर्य लाइफ इनस्योरेन्सको मूल्य ४ प्रतिशतले घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस