दोधारा चाँदनीमा एमालेका लिम्बू नगरप्रमुखमा निर्वाचित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोधारा चाँदनीमा एमालेका लिम्बू नगरप्रमुखमा निर्वाचित


४ जेष्ठ २०७९, बुधबार


महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू निर्वाचित भएका छन् ।

आज सम्पन्न मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गर्दै लिम्बू नगरप्रमुखमा निर्वाचित भएका हुन् । लिम्बूले सात हजार १०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी भट्टले छ हजार १७१ मत ल्याएका छन् ।

त्यसै गरी नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखको उम्मेदवार रहेकी निरुदेवी कामीले ७७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसै गरी उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गङ्गादेवी जोशी निर्वाचित भएकी छन् । उनले छ हजार ३६५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार खिमा चन्दले पाँच हजार ८२२ मत प्राप्त गरेकी छन् ।

२६ हजार ८०३ मतदाता रहेको दोधारा चाँदनीमा यसअघि प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

१० वटा वडा रहेको दोधारा चाँदनीमा नेकपा एमालेले छ वडाध्यक्षसमेत जितेको छ । नौ वटा पालिका रहेको कञ्चनपुरमा नेकपा एमालेले दुई र नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले एक/एक पालिकामा जित निकालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस