चौतारा नगरपालिकामा माओवादी केन्द्रका सापकोटा विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चौतारा नगरपालिकामा माओवादी केन्द्रका सापकोटा विजयी


३ जेष्ठ २०७९, मंगलबार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर नगरप्रमुखमा विजयी भएका हुन् । उनका प्रत्याशी नेकपा (एमाले)का इन्द्र नेपालले छ हजार ७११ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) की सीता थापा नौ हजार ७२६ मत ल्याएर विजयी भइन् । उनका प्रत्याशी एमालेकी बालकुमारी सापकोटाले छ हजार ५११ मत ल्याइन् ।

चौतारामा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । विसं २०७४ को निर्वाचनमा पनि यहाँ माओवादी केन्द्रले जितेको थियो ।

इन्द्रावती गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जिल्लाको इन्द्रावती गाउँपालिका अध्यक्षमा एमाले विजयी भएको छ । एमालेका तर्फबाट उम्मेदवार रहेका झम्कनाथ नेपाल विजयी भएका हुन् ।

नेपाल सात हजार १२७ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विकास लामा छ हजार १५२ मत ल्याएका थिए ।

त्यस्तै अध्यक्ष पदमा माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठलाई ४१३४ मत प्राप्त भएको थियो ।

उपाध्यक्षमा पनि एमालेकै शोभना तामाङ निर्वाचित भएकी छन् । उनले छ हजार ५१३ मत ल्याइन् । काँग्रेसकी दयाकुमारी मिश्र छ हजार ४६३ मत ल्याउँदै दोस्रो भइन् ।

इन्द्रावती गाउँपालिकामा १२ वडा रहेको छ । वडा नं १, ३, ५, ६ र ९ मा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नं २, ४, ८, १० र ११ मा काँग्रेस र ७ र १२ मा वडाध्यक्षमा माओवादी केन्द्रले जितेको छ ।

विसं २०७४ मा यहाँ अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसले जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस