नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् ।

भारतीय विदेश मन्त्रालयले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै श्रीवास्तवलाई नियुक्त गरेको जानकारी दिएको हो ।

श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन् ।

पूर्वी एसिया मामिला हेर्ने अतिरिक्त सचिव कूटनीतिज्ञ श्रीवास्तव चीन विज्ञका रूपमा परिचित छन् ।

नेपालमा रहेका राजदूत विनय मोहन क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेपछि नेपालमा उक्त पद खाली थियो ।

हर्षवर्द्धन शृङ्गलाले अवकाश पाएपछि भारत सरकारले क्वात्रालाई विदेश सचिवको जिम्मेवारी दिएको हो ।

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले नेपालसँगको सम्बन्धलाई सम्हाल्ने छन् ।

उनले यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेको भारतीय सञ्चार माध्यमले जनाएका थिए ।

नेपाली राजनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव बढिरहेका बेला श्रीवास्तवको कार्यकाल चुनौतीपूर्ण हुन सक्ने पनि हिन्दुस्तान टाइम्सले लेखेको थियो ।

उनी मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनका क्रममा भएको चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको साइडलाइन वार्तामा समेत श्रीवास्तव सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस