प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेस सचेतक पुष्पा भुसाल (गौतम)ले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो ।

उक्त नियम निलम्बनको प्रस्तावलाई सांसदहरु देवप्रसाद गुरुङ र जीवनप्रेम श्रेष्ठले समर्थन जनाएका थिए ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १४२ को उपनियम (४) मा राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिन अगावै बजेट तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गरिनुपर्ने प्रावधान छ ।

स्थानीय निर्वाचनका कारण उक्त अवधिमा छलफल गर्न नभ्याइने भएकाले नियमको सो प्रावधान निलम्बन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस