सेयर बजारमा भारी गिरावट, झन्डै ८५ अङ्कले घट्यो नेप्से « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सेयर बजारमा भारी गिरावट, झन्डै ८५ अङ्कले घट्यो नेप्से


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । स्थानीय निर्वाचनपछिको पहिलो कारोबार दिन नेप्सेमा भारी गिरावट आएको छ ।

निर्वाचन सम्पन्न भएर धमाधम नतिजा आइरहेको बेला सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा विपरीत बजारमा करिब ८५ अङ्कको गिरावट आएको हो ।

कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा भारी गिरावट आएको हो । उक्त दिन फाइनान्स र अन्य उपसमूहका लगानीकर्ताले धेरै गुमाएका छन् ।

उक्त गिरावटपछि नेप्से २ हजार २ सय ६५‍.५२ विन्दुमा ओर्लेको छ । अघिल्लो कारोबार दिन ९ स्थानीय निर्वाचन अघिको तुलनामा ३.६१ प्रतिशतले कम हो ।

नेप्सेका अनुसार मंगलबार २ सय २१ कम्पनीको १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १ सय ९२ रुपैयाँ बराबरको ३५ लाख ९५ हजार ७ सय ४८ कित्ता सेयर किनबेच भएका छन् ।

नेप्से घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३२ खर्ब २२ अर्ब रुपैयाँमा सीमित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस