२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवाको नौकुण्डमा काँग्रेस विजयी

अ+ अ-

रसुवा । नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले तीन हजार ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत कल्पनाकुमारी खतिवडाले जानकारी दिइन् । यसअघि लामा सोही गाउँपालिकाको उपाध्यक्ष थिइन् ।

यसैगरी उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले दुई हजार नौ सय चार मत प्राप्त गरी विजय भएका छन् ।

उनको प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का भुमे लामाले एक हजार नौ सय ५१ मत प्राप्त गरेका हुन् ।

यस्तै सो गाउँपालिकाको छ वडामध्ये १, ४, ५ मा काँग्रेसका क्रमशः कान्छा तामाङ, ज्ञानी वाइवा र श्यामबहादुर थिङ, वडा नं २, ३, ६ मा एमालेका क्रमशः ङाफुबाबु थोक्रा, नोकेन्द्रदेव नेकोर र योनुर्पु तामाङ अध्यक्षमा विजय भएका छन् ।

गोसाईंकुण्ड, आमाछोदिङ्मो, कालिका, उत्तरगया गाउँपालिकाको मत परिमाण यसअघिनै घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस