सिके राउतको पार्टीले सप्तरीमा जित्यो ४ वडाध्यक्ष, नगरको मेयरमा अग्रता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिके राउतको पार्टीले सप्तरीमा जित्यो ४ वडाध्यक्ष, नगरको मेयरमा अग्रता


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा हालसम्म मतगणना सम्पन्न भएका वडामध्ये चार वटामा वडाध्यक्ष जितेको छ।

महादेव गाउँपालिका-२ मा जनमतका जागेश्वरप्रसाद इसरले ९ सय ६६ मतसहित वडाध्यक्ष जितेका छन् ।

वलान-विहुल गाउँपालिका-१ मा जनमतका रामकुमार यादव ३ सय ९५ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका(१ र ४ नम्बर वडामा पनि जनमतले वडाध्यक्ष जितेको छ ।

वडा नम्बर ४ मा जनमतका मौलिकुमार मन्डल ७ सय ५७ मतसहित अध्यक्ष निर्वाचित भए ।

उक्त नगरपालिकाको मेयरमा पनि जनमतकै विरेन्द्र माझी अगाडि छन् । उनले ५ हजार ५ सय ८२ मत ल्याएका छन् । जसपाका शैलेशकुमार शाहले ४ हजार ८ सय ८२ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस