रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी


३ जेष्ठ २०७९, मंगलबार


पाल्पा । पाल्पाको रामपुर नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् ।

नेकपा एमालेका प्रतिस्पर्धी शिव अर्याललाई ३७३ मतले पराजित गर्दै थापा दोस्रो पटक मेयरमा विजयी भएका हुन् ।

थापाले १० हजार ४५६ मत ल्याउँदा अर्यालले १० हजार ८३ मत मात्रै पाएको निर्वाचन अधिकृत श्यामप्रसाद श्रेष्ठले जानकारी दिए ।

उपप्रमुखमा नेपाली काँग्रेसकै बालकुमारी थापा निर्वाचित भइन् । उनले एमालेकी दुर्गादेवी रानालाई ५७ मतले पराजित गरेकी हुन् ।

थापाले १० हजार ३०७ मत र रानाले १० हजार २५० मत ल्याएका छन् ।

रामपुर नगरपालिकाको १० वडामध्ये १, २, ४, ५, ६, ,७, ९ र १० गरी ७ वटा काँग्रेस र ३, ८ र १० मा एमालेको प्यानल विजयी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस