हेटौँडा उपमहानगरमा गठबन्धनलाई उछिन्यो राप्रपाले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हेटौँडा उपमहानगरमा गठबन्धनलाई उछिन्यो राप्रपाले


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बहादुर सिंहले अग्रता लिएका छन् । २२ हजार ८५० गणना हुँदा सिंहले ८२६५ मत प्राप्त गरेका हुन् ।

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना कुमारी लामाले ८०६७ मत प्राप्त गरेकी छिन्। लामा सिंह भन्दा १९८ मतले पछाडि रहेकी छिन् ।

त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलको ६५२१ मत प्राप्त गरेका छन्। ​उपमेयरमा गठबन्धनका तर्फबाट राजेश बानियाँले ११७९१ मत ल्याउँदा एमालेका सुमित्रा काफ्लेले ८०३३ मत ल्याएकी छन् । राप्रपाका इन्दिरा डल्लाकोटीले २०१० मत मात्र प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस