काँग्रेस कार्यकर्ताले ओखलढुङ्गामा मतपत्र च्याते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस कार्यकर्ताले ओखलढुङ्गामा मतपत्र च्याते


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । ओखलढुङ्गामा नेपाली काँग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् ।

जिल्लाको चिसंखुगढी गाउँपालिका- ३ को गणनाको क्रममा वडाध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्ने क्रममा मतपत्र च्यातिएको हो ।

काँग्रेसका जिल्ला सचिव राजकुमार ढुङ्गाना नेतृत्वका काँग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थल तनावग्रस्त भएको छ ।

मतपत्र च्यात्ने कार्यमा संलग्न सचिव ढुङ्गानासहितका काँग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुकदेव खनालले बताए ।

‘घटनाको थप अनुसन्धान गरिरहेका छौँ, विस्तृत विवरण आउन बाँकी छ’, खनालले भने ।

चिसंखुगढीमा माओवादी-काँग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडा नम्बर ३ मा माओवादी र काँग्रेसकै वडाध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना थालिएको थियो । अहिले मतगणना रोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस