टोखामा १४ हजार १८६ मत गणना, प्रमुख र उपप्रमुखमा काँग्रेसको अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टोखामा १४ हजार १८६ मत गणना, प्रमुख र उपप्रमुखमा काँग्रेसको अग्रता


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिएकी छन् ।

स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज १४ हजार १८६ मत गणना हुँदा काँग्रेसकी उम्मेदवार थापाले पाँच हजार ५६० मत ल्याई अग्रता लिएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारीले पाँच हजार ३५८ मत प्राप्त गरेको टोखाका निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन् ।

यस्तै, उपप्रमुखमा पनि नेपाली काँग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन् ।

तामाङले पाँच हजार ५१७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले पाँच हजार ५१ मत प्राप्त गरेकी छन् ।

टोखाको हालसम्म पाँच वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । जसमध्ये वडा नं १ को अध्यक्षमा काँग्रेसका उम्मेदवार रमेशकुमार लामिछाने, वडा नं २ को अध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ को अध्यक्षमा एमालेका रमेश डङ्गोल, वडा नं ४ को अध्यक्षमा एमालेकै धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ को अध्यक्षमा पनि एमालेका उम्मेदवार मदन गुरुङ विजयी भएका छन् ।

अहिले टोखाको वडा नं ६, ७ र ८ को मतगणना भइरहेको छ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको निर्वाचन अधिकृत शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस