२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यही गतिमा मतगणना जारी रहे जेठ १५ गतेसम्म पनि सकिँदैन : आयुक्त थपलिया

अ+ अ-

सुनसरी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेकै सुस्त गतिमा मतगणना भए जेठ १५ गतेसम्म पनि गणना सम्पन्न नहुने बताएका छन् ।

उनले संवैधानिक कानुनअनुसार ०७४ मा निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते राति १२ बजेपछि सकिने भएकाले बिहीबारसम्ममा देशभरको मतगणना गरिसक्ने दबाब आइपरेको बताए ।

उनले स्थानीय सरकार जनप्रतिनिधिविहीन नबनाउनका लागि जेठ ६ गते नयाँ जनप्रतिनिधिहरूलाई स्थानीय सरकार हस्तान्तरण गर्न आयोग आतुर रहेको बताए ।

धरान उपमहानगरको मतगणनाको अवस्था बुझ्न सोमबार अपराह्न मतगणना स्थल आइपुगेका प्रमुख आयुक्त थपलियाले मुलुकैभर मतगणना अत्यन्त सुस्त गतिमा भएकाले चाँडो सक्न निर्देशन दिएको बताए ।

‘मतगणना स्थलमा जनशक्ति अभाव, प्राविधिक कठिनाइ वा अन्य कुनै कठिनाइ भए आयोगलाई जानकारी दिएमा तत्काल व्यवस्था गरिदिने छौँ‚’ उनले भने ।

उनले मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाइ भइरहेको भनेर व्यापक गुनासो आएकाले विभिन्न मतगणना स्थलको अनुगमन र निरीक्षणमा निस्केको बताए ।

उनले आयोगले स्थानीय तहको निर्वाचन गराउन आफ्नो संवैधानिक जिम्मेवारी र भूमिका राम्ररी पूरा गरेको उल्लेख गर्दै मतगणना स्थलमा आवश्यक स्रोतसाधन उपलब्ध गराउने बताए ।

उनले मतगणना स्थल अगाडि आम मतदाताहरू नतिजा कुरेर बसेकाले लामो समय लगाइएमा धीरताको बाँध फुट्न सक्ने भएकाले पनि जेठ ५ गते मतगणना गरिसक्नु पर्नेमा जोड दिएको बताए ।

‘छिटो मतगणना सक्नका लागि सोमबारदेखि नै सबै गणना स्थलहरूमा गणक संख्या बढाएर थप ४ वटा गणना स्थल थप्न निर्देशन दिएको छु‚’ उनले भने ।

धरानमा पनि उनले निर्वाचन अधिकृत पुस्करराज नेपाललाई गणक संख्या दोब्बर बनाउन निर्देशन दिएका थिए । उनले मतगणना स्थलमा सानातिना विवादहरूले गणना स्थगित गर्ने अवस्था अहिले नभएको बताए ।

उनले मतगणनामा खटिएका कर्मचारीहरूलाई मतगणनामा खटेबापत सुविधा के(कति पाउने भन्नेभन्दा पनि आफ्नो कर्तव्य पूरा गर्न लागिपरेमा सुविधा दिन आयोग तयार रहेको बताए ।

मुलुकभरका स्थानीय तहहरूमा मतगणना भइरहँदा बदर मतबारे भने उनले सबै तथ्याङ्क आइसकेपछि मात्र भन्न सकिने बताए । एउटै कागजमा ६ वटा मतपत्र भएकाले प्रमुख वा अध्यक्षको चिह्नमा लगाइएको स्वस्तिक छाप सही र उपाध्यक्षको लाइनमा लगाएको स्वस्तिक छाप गलत भएमा गलत तरिकाले छाप लगाइएको मात्र बदर हुने पनि निर्वाचन आयुक्त थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस