घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


२ जेष्ठ २०७९, सोमबार


दमौली । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जीत हासिल गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा चार हजार ३३१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली काँग्रेसका गङ्गा कुमालले तीन हजार ५५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिए ।

उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी चार हजार ४८१ मत प्राप्त गरी विजयी भएका छन् ।

काँग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाले दुई हजार ७४७ मत प्राप्त गरेका छन् ।

घिरिङ गाउँपालिकाको पाँच वटा वडामध्ये तीन वटामा एमाले र दुई वटामा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

काँग्रेसबाट घिरिङ–१ को अध्यक्षमा रविचन्द्र घोरासिनी र ५ को अध्यक्षमा विष्णुवीर आले विजय हासिल गरेका छन् भने एमालेबाट २ को अध्यक्षमा नरबहादुर थापा, ३ को अध्यक्षमा तहलसिं थापा र ४ को अध्यक्षमा भीमबहादुर कुमालले विजय हासिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस