यस्ता छन् भारत र नेपालबीच भएका ६ बुँदे सम्झौता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

यस्ता छन् भारत र नेपालबीच भएका ६ बुँदे सम्झौता


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज (सोमबार) भएको लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ ।

भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्यअनुसार दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो ।

सम्झौताहरू :

१. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता

२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौँ विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता

४. काठमाडौँ विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोगको सम्झौता

५. नेपालको काठमाडौँ विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने

६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतलज जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच सम्झौता

सम्बन्धित समाचार : अरुण-४ आयोजना बनाउन प्राधिकरण र भारतको सतलजबीच सम्झौता, नेपालले १५२ मेगावाट नि:शुल्क पाउने

Tags :
प्रतिक्रिया दिनुहोस