दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्षमा एमालेका हिरासिंह धामी निर्वाचित « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्षमा एमालेका हिरासिंह धामी निर्वाचित


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन् ।

४ हजार ३४ मत ल्याएर धामी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन् । ३ हजार ५६६ मत ल्याएर उनी निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस