सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादीका रेग्मी विजयी « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादीका रेग्मी विजयी


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ। रुकुम पूर्वको सिस्ने गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित माओवादीका कृष्ण रेग्मीले तीन हजार ७७९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दत्त बहादुर बस्नेतले तीन हजार ७०० मत पाएका छन् ।

उपाध्यक्षमा एमालेका गोपाल रेउले विजयी भए । उनले तीन हजार ७६१ मत प्राप्त गर्दा माओवादीकी आस्था विकले तीन हजार ४७४ मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस