आइपिएल : लखनउलाई पराजित गर्दै राजस्थान दोस्रो स्थानमा उक्लियो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आइपिएल : लखनउलाई पराजित गर्दै राजस्थान दोस्रो स्थानमा उक्लियो


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा लखनउ सुपर जाइन्ट्सलाई २४ रनले पराजित गर्दै राजस्थान रोयल्स दोस्रो स्थानमा उक्लिएको छ । १७९ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

लखनउका दीपक होडाले सर्वाधिक ५९ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र रोबेड म्याककोयले समान दुई विकेट लिए । यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको थियो ।

राजस्थानका लागि याशभी जैसवालले सर्वाधिक ४१ रन बनाए । लखनउका रबी बिश्नोईले २ विकेट लिए । जितसँगै राजस्थान १३ खेलमा १६ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । लखनउ १३ खेलबाट १६ अङ्कसहित तेस्रो स्थानमा झरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस