अधिकृत भट्टराईको अभिनय रहेको बौद्ध गीत एवं म्युजिक भिडियो सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अधिकृत भट्टराईको अभिनय रहेको बौद्ध गीत एवं म्युजिक भिडियो सार्वजनिक


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । २५६६ औँ बुद्ध पूर्णिमाको अवसरमा बौद्ध गीत एवम् म्युजिक भिडियो सार्वजनिक भएको छ । भगवान् बुद्धका प्रमुख शिक्षाहरूबाटै मानवमा शान्तिको बास हुनसक्छ भन्ने मूल सन्देश गीतले बोकेको छ ।

आफैले खोज्नेले शान्ति पाउँछ, सांसारिक सुख भ्रम हो भन्ने आशयको यो गीत निकै कर्णप्रिय रहेको छ । युवा वर्ग लक्षित सङ्गीत र बौद्ध चेतनास्तर समेटिएको साधारणतम प्रस्तुतिको यो गीत निर्माणकर्ताको युट्युब च्यानल मधु मञ्जिलमार्फत् रिलिज गरिएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा कार्यरत मञ्जिल सुवेदीको शब्द र सङ्गीतमा रहेको गीतमा सुजील कर्माचार्यको सङ्गीत संयोजन रहेको छ भने रचनाकार मञ्जिल सुवेदी र मनिष अधिकारीले आवाज दिएका छन् ।

यो भिडियोमा नेपाल सरकारका शाखा अधिकृत मधुसूदन भट्टराईको मुख्य अभिनय रहेको छ । भारतमा २ वर्षसम्म चलचित्र निर्माणसम्बन्धी अनुभव लिएका निर्देशक मृत्युञ्जय गैह्रे (लक्ष्मण) ले गीतको जीवन्तता र भावलाई समेट्नका लागि लुम्बिनीमै विशेष रूपमा भिडियो तयार गरिएको जानकारी दिए ।

गीतमा चतुरार्यसत्य, आर्यअष्टाङ्गिक मार्ग, चतुर्ब्रह्मविहार, प्रतित्य समुत्पाद, आदि बौद्ध ज्ञानका सूत्रसमेत समेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस