२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुर गढी गाउँपालिकामा तत्कालका लागि मतगणना स्थगित

अ+ अ-

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित भएको छ ।

सर्वदलीय बैठकको क्रममा मतगणना सुरु हुनु अघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने सहमति भए पनि उनलाई मतगणनाको क्रममा चेकजाँच नगरी भित्र पठाएको भन्दै विरोध भएपछि विवाद भएको हो ।

अहिले मत गणना रोकिएको छ । अहिलेसम्म गाउँपालिकाका वडा नम्बर १ र ८ को मतगणनामा गठबन्धनका उम्मेदवार अगाडि देखिएको छ । गठबन्धनलाई एमालेले पछ्याउँदै आएको छ ।

१ नम्बरको १०० र वडा नम्बर आठको २०० मत गणना हुँदा गाउँपालिका अध्यक्षको गठबन्धनबाट नेपाली काँग्रेसका दोर्जे लामा स्याङतानले १ सय ७४ मत प्राप्त गरेका छन् । एमालेका विदुर हुमागाईँले ९० मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी मानकुमारी पाख्रिन नेपालीले १ सय ५१ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याउँदै एमालेकी सन्तु थिङले ८९ मत प्राप्त गरेकी छन् । दुवै वडाहरुमा पनि काँग्रेसका उम्मेदवार अगाडि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस