धनकुटाको सहिदभूमिमा विवाद , केही समयको लागि मतदान रोकियो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

धनकुटाको सहिदभूमिमा विवाद , केही समयको लागि मतदान रोकियो


३० बैशाख २०७९, शुक्रबार


धनकुटा । मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका प्रतिनिधि विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया रोकिएको छ ।

मतदान प्रक्रियाको विषयमा दुवै पक्षबीच भएको विवादले केही समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्रका मतदान अधिकृत गणेश एडीले बताए ।

जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले पनि अशक्तको मत हाल्ने क्रममा विवाद भएको जानकारी दिए ।

धनकुटाका प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले केही विवाद आएर छलफल भइरहेको र केही समयमा मतदान सञ्चालन हुने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस