२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केशव स्थापितले मागे माफी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले माफी मागेका छन् ।

मेयरमा उम्मेदवारी दर्ता गरेदेखि प्रचारप्रसारमा दिएका अभिव्यक्ति र व्यवहारलाई लिएर शाक्यले माफी मागेका हुन् ।

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा स्थापितले माफी मागेका हुन् ।

उनले भने, ‘मैले माफी माग्नुपर्छ । यो चुनावी युद्धमा, युद्ध नै हो भने हतियार प्रयोग गरिन्छ । मिसाइल प्रयोग हुन्छ । हामीमाथि पनि हमला होला, आरोप होला । त्योभन्दा चर्को हमला हामीले पनि गर्‍यौँ । अझ जिउ फुलाएर देखायौँ । नदेखाए त हेप्छ नि १ मैले नाचेँ होला, गाएँ होला र तिक्त भाषा बोले होला ।’

आफ्नो जित निश्चित भएको भन्दै स्थापितले थप माफी मागे, ‘मेरो वाणीले कसैलाई अप्ठ्यारो परेछ, माफ पाउँ । मेयर हुने मान्छेले माफ माग्न सिक्नुपर्छ । क्षमा पाऊँ । मेरो हाउभाउले दुःख भएछ, पीडा भएछ माफ पाउँ । मेरो लेखनले पीडा भएछ भने माफ पाउँ ।’

आफूमाथि आक्रमण भएको बेला छेकेको स्थापितको भनाइ थियो । ‘केही महिला वृन्दहरूलाई यो मान्छे कठोर छ कि भन्ने लागेको छ भने यो मान्छे फूलजस्तो हो । सेवा गर्न पाउँ । माफ पाउँ मैले केही गल्ती गरेको भए । क्षमाको कमी भएको भए स्वीकार .कन्फेस) गर्छु’ भन्दै उनले माफी मागेका हुन् । उनले कार्यक्रममा पटक पटक माफी मागेका थिए ।

स्थापितलाई लागेको महिलालाई यौन दुर्व्यवहारको आरोप चर्चामा आएको थियो ।

प्रतिक्रिया दिनुहोस