काठमाडौँ । सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ ।
जेठ १ गतेदेखि आइतबार र सोमबार बिदा दिने निर्णय गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।
मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ ।
कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार : जेठ १ देखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय
त्यसो त यसअघिसमेत प्रयोगमा आईसकेको र नियमितता दिन नसकेपछि यस पटक लामो छलफलपछि यो निर्णय गरिएको थियो ।
सम्बन्धित समाचार : आइतबार सार्वजनिक बिदा दिने सरकारको तयारी, थप छलफलपछि निर्णय हुने

