३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अरू कुरा गर्छन्, हामी काम गर्छौँ : देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई भोट माग्दै आफूहरू जे भन्छौँ त्यो पूरा गरेर छाड्ने बताएका छन् ।

मङ्गलवार एक अपिल जारी गर्दै उनले काँग्रेसले जे भन्छ त्यो पूरा गर्ने र मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा नपार्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनमा फेरि एक पटक इँटा थप्ने अवसर काँग्रेसलाई प्राप्त भएको भन्दै देउवाले स्थानीय तह निर्वाचनमा मत व्यक्त गर्दा ध्यान दिन मतदातालाई अपिल गरेका छन् । लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि उपयुक्त पात्रलाई राजनीतिको बागडोर जिम्मा लगाउने अधिकार मतदाताको हातमा आएको उनको भनाइ छ । देउवाले भने, ‘अरू कुरा गर्छन्, हामी काम गर्छौँ’ । ‘सबल स्थानीय सरकार: समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूल मन्त्र हो ।’

उनले संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दा काँग्रेसले संविधानको रक्षा गरेको दाबी गरे ।

यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको भन्दै देउवाले भने, ‘यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे तपाईँ हामी सबै जानकार नै छौँ ।’

प्रतिक्रिया दिनुहोस