४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन भएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘काँग्रेस नेतृत्वको सरकारले संविधान जारी गरेको हो । नेकपाको पूर्ववर्ती सरकारबाट पटक–पटक संविधानको मर्ममाथि प्रहार भयो । पछिल्लो समय विधिको शासन जोगाउन नै काँग्रेस नेतृत्वमा नै पाँच दलीय गठबन्धन बनेको हो । यो गठबन्धनले स्थानीय निर्वाचनपछि पनि निरन्तरता पाउँछ ।’

नेपाली काँग्रेस चन्द्रागिरि नगर समिति र पाँच दलीय गठबन्धनद्वारा आज चन्द्रागिरि–१० बुद्ध मन्दिरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व महामन्त्री श्रेष्ठले संविधान जोगाउन र समग्र चन्द्रागिरिको विकास गर्न गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा मत दिई विजयी गराउन आह्वान गरे ।

उनले भने, ‘जनताका सेवक भई पाँच वर्ष चन्द्रागिरि नगरकोको शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विकासमा नवीनतम काम गरेका नगरप्रमुख नै पुनः मेयर पदको उम्मेदवार बन्नुभएको छ । उहाँको अधुरा काम पूरा गर्न उहाँ सहित गठबन्धनका उम्मेदवारलाई पुनः मतदान गर्न म नगरवासीलाई आग्रह गर्दछु ।’

काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद राजन केसीले पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाई स्थायित्व कायम बनेको हो भने । उनले भने ‘काँग्रेसले बाध्यता र राष्ट्रिय आवश्यकताले सरकारको नेतृत्व गरेको हो । सरकारले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउन स्थानीय निर्वाचन सम्पन्न गर्न लागेको हो । यो निर्वाचनमा चन्द्रागिरिको विकासमा अथक योगदान दिँदै आउनुभएका पूर्व नगरप्रमुखको गठबन्धनको टिमलाई अत्यधिक मतले विजय गराउन म नगरवासीसमक्ष आग्रह गर्दछु ।’

काँग्रेसका तर्फबाट चन्द्रागिरि नगरप्रमुखका उम्मेदवार घनश्याम गिरीले विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित भएपछि कर्मचारी, रकम, आवश्यक कानुन तथा कार्यपालिकामा बहुमत नहुँदा आफूले शून्य अवस्थाबाट काम थालेको स्मरण गर्दै पाँच वर्षमा नगरको पूर्वाधार विकासमा आवश्यक पूर्वाधार तयार भएको जानकारी दिए ।

उनले भने, ‘अहिले नगरको आफ्नै प्रशासनिक भवन छ । रु एक अर्बको लगानीमा थानकोटमा अस्पताल बन्दै छ । शिक्षा, खानेपानी, सडक पूर्वाधारमा नवीनतम काम भएका छन् । राजनीतिक एकता र सहकार्यले मैले काम गरेँ । ‘उत्पादन रोजगार र बजारीकरण : प्रविधि युक्त सुशासन’ ध्येयका साथ पुन : उम्मेदवारी दिएको छु ।’

राष्ट्रिय जनमोर्चाका नेता एवं उपप्रमुख पदका उम्मेदवार रोशन दानीले प्रतिगमनका विरुद्ध पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिई विजयी गराउन आग्रह गरे ।

काँग्रेस चन्द्रागिरि नगर समितिका उपसंयोजक एवं चुनाव प्रचार–प्रसार समितिका संयोजक राजेन्द्रविक्रम बानियाँले विकासका पूर्वाधार तयार पारेका पूर्वप्रमुखको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस