काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६९३ जनाको पीसीआर परीक्षणमा ६ जना र १ हजार ३०९ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन्, भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर १९० जना सक्रिय संक्रमित रहेका छन् ।