२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनका लागि सबैभन्दा ठुलो खड्गो वैशाख ३० मा छ : अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी ३० वैशाखमा ठुलो मर्का पर्ने दाबी गरेका छन् ।

उनले आफूलाई राजनीतिक र ग्रहदशा हेर्ने दुवै थरी ज्योतिषीले भनेको भन्दै उनले गठबन्धनभित्र ठुलो सङ्कट आउन लागेको दाबी गरेका हुन् ।

‘ज्योतिषीहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठुलो खड्गो त यही वैशाख ३० नै हो । यसैमा गठबन्धनलाई साह्रै ठुलो मर्का पर्नेवाला छ’ उनले भने, ‘कस्तो दिन छानेर उहाँहरूले राख्नु भएछ ? यो वैशाख ३० मा त उहाँहरूलाई हुनसम्म हुन्छ क्या ! ढाडै भाँचिने गरी ।’

त्यस्तो हुन्छ भन्ने ज्योतिषीहरूको कुरा भएको भन्दै उनले आफू पनि ज्योतिषी हो कि भनेर भ्रम नपाल्न आग्रह गरे ।

उनले आफूले भनेको कुरामा विश्वास नभएर प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषीलाई बोलाएर सोध्न चुनौती दिए । ‘मैले ज्योतिषीहरूको कुरा भनेको । एउटा ग्रहदशा हेर्ने र अर्को राजनीति हेर्ने ज्योतिषी हुन्छन् । अहिलेचाहिँ दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडि महासङ्कट उत्पन्न हुँदै छ भन्छन्’ उनले भने, ‘होइन भने प्रधानमन्त्रीज्यूले ठ्याक्कै(ठ्याक्कै मिलाउने उहाँको आफ्नै ज्योतिषीलाई बोलाएर सोध्नु भए हुन्छ । मैले त्यही भनेको छु ।’

आफूले गठबन्धन रहन्छ वा रहँदैन भन्नेमा केही नभनेको अध्यक्ष ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस