रामचन्द्र पौडेल र भरतपुर मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलबिच कुराकानी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

रामचन्द्र पौडेल र भरतपुर मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलबिच कुराकानी


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग कुराकानी गरेका छन्।

भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबिच कुराकानी भएको हो।

जगन्नाथ काँग्रेसले भरतपुर महानगरमा मेयर पाउनुपर्छ भन्ने पक्षमा थिए। तर सत्तागठबन्धनले मेयरमा माओवादी केन्द्रकी रेणु दाहाललाई समर्थन गरेपछि उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

रामचन्द्रनिकट स्रोतका अनुसार आज बिहान होटेल सिरागचुलीमा जगन्नाथ, मिना खरेल र कृष्णलाल सापकोटासँग कुराकानी भएको छ। जगन्नाथ मेयर उम्मेदवार बन्दा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए। उनीहरू पनि काँग्रेस कार्यकर्ता थिए।

काँग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट हटाउने निर्णय गरिसकेको छ।

आजको भेटमा जगन्नाथलाई रामचन्द्रले उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गरेका थिए। तर जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र काँग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्‍याएको स्रोतको दाबी छ।

Tags :
प्रतिक्रिया दिनुहोस