इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक–दुई जनाले पार्टी छाड्दैमा पार्टी कमजोर नहुने बताएका छन् ।
एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको गृह जिल्ला इलाम पुगेका उनले माई नगरपालिकाको चुनावी सभामा सम्बोधन गर्दै नेता खनाल र माधवकुमार नेपालको आलोचना गरे । उनले एक दुई वटा पात झर्दैमा रुख नाङ्गो नहुने टिप्पणी गरे ।
उनले भने, ‘कसैले पार्टी छोडेर गयो भन्दैमा, एकरदुईवटा पात झरेर गयो भन्दैमा न रुख नाङ्गा हुनेछ न पार्टी रित्तिनेछ । एक २ वटा फल कुहिएर झर्दा रुखलाई केही असर हुँदैन । एमाले लटरम्म फल लागेको पार्टी जस्ताको तस्तै हुन्छ ।’