कीभ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनको राजधानी कीभको अघोषित भ्रमणका क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेको अमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् ।
हामी विश्वास गर्छौँ कि हामी तपाईँको स्वतन्त्रताको लडाइँको लागि धन्यवाद भन्न को लागि तपाईँलाई भेट्न आएका छौँ ।। हाम्रो प्रतिबद्धता लडाइँ समाप्त नभएसम्म तपाईँको साथ रहनेछ, पेलोसीले जेलेन्स्कीलाई सो कुरा उल्लेख गरेको भिडियो सार्वजनिक गरिएको छ ।