२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएल : पन्जाबलाई हराउँदै नवप्रवेशी लखनउ तेस्रो स्थानमा उक्लियो

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्समाथि सानदार जित निकाल्दै नवप्रवेशी लखनउ सुपर जायन्ट्स तेस्रो स्थानमा उक्लिएको छ।

जितको लागि १ सय ५४ रनको सामान्य लक्ष्य पछ्याएको पन्जाब किंग्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रनमा समेटिएपछि लखनउले जारी प्रतियोगितामा छैटौँ जित निकालेको हो।

पन्जाबका जोनी बेयरस्टोले सर्वाधिक ३२ रन बनाउँदा कप्तान मयंक अग्रवाल २५, ऋषि धवन २१ तथा लियाम लिभिङस्टोनले १८ रन बनाए। बाँकी ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

ओपनर शिखर धवन ५, भानुका राजपक्षे ९, जितेश शर्मा २, राहुल चाहर ४ र कागिसो रबाडा २ रनमा आउट भए।

पञ्जाबलाई सस्तैमा रोक्न लखनउका मोहसिन खानले सर्वाधिक ३ विकेट लिए। यस्तै दुश्मन्था चामिरा र क्रुनाल पान्ड्याले समान २-२ विकेट हात पारे। केही महँगो भए पनि रबी विश्नोईले १ विकेट लिए।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो। उसका लागि क्विन्टन डी ककले सर्वाधिक ४६ रन बनाए ।

दीपक हुडाले ३४ रनमा रन बनाउँदा लखनउका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

कप्तान लोकेश राहुल ६ रनमा आउट भए, क्रुनाल पाण्ड्याले ७ रन बनाउँदा आयुष बदोनीको ४, मार्कस स्टोइनिस एक रनमा आउट भए।

दुश्मन्था चामिराले १७ रन बनाउँदा मोहसिन खान १३ रनमा अविजित रहे ।

पन्जाबका कागिसो रबाडाले सर्वाधिक ४ विकेट लिए। राहुल चहरले २ तथा सन्दीप शर्माले १ विकेट लिए।

यो जितसँगै लखनउ ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा उक्लिएको छ। पराजित पञ्जाब समान खेलबाट ४ जित र ५ हारसहित ८ अङ्क जोडेर सातौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस