डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका वडा नं. ९ होर्तको मासदारामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
बेलुकी पख लागेको आगोले ९ नं. वडा निवासी जयखर बुढाको घर आगजनीबाट पूर्ण रूपमा जलेको हो ।
स्थानीयले आगो नियन्त्रणमा लिए पनि सामान र पैसासमेत जलेको छ । मानवीय क्षति भने नभएको बुझिएको छ ।
