२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वदेशी उद्योग बन्द: बर्सेनि अर्बौँको टायर आयात

अ+ अ-

काठमाडौँ । ‘ड्राइभर दाइलाई मन पर्ने टायर,
गोरखकाली रबर उद्योग भएर’

कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भई नै रहेको छ । त्यसैले केही समय मुलुककै पहिलो त मुलुकको एक मात्र रबर उद्योग गोरखकाली रबर उद्योगले नेपाली बजारमा राम्रै हिस्सा ओगटेको थियो । त्यति मात्र नभएर यसको उपस्थिति विदेशी बजारसम्म नै पुगेको थियो ।

अहिले भने समय बदलिएको छ । उद्योगका रूपमा राम्रो परिचय बनाएको मात्र नभई आत्मनिर्भर हुँदै निर्यातमा समेत गतिलो प्रभाव पारेको गोरखकाली रबर उद्योग यतिखेर मृत प्रायः छ । फलस्वरूप मुलुकमा टायर र रबरजन्य वस्तुको आयातमा अर्बौँ रकम बिदेसिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मुलुकमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नौ अर्ब नौ करोडभन्दा बढी मूल्यमा टायर तथा ट्युब भित्रिएको देखिन्छ । वर्षमा करिब एक लाख २० हजार थान उत्पादन क्षमता भएको स्वदेशी रबर उद्योगले सो समयमा बर्सेनि ८८ हजार थान टायर तथा ट्युब उत्पादन गर्थ्यो र यहाँको बजारसहित तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको थियो । विभागको पछिल्लो विवरणअनुसार भने चालु आवको गत चैत मसान्तसम्म करिब ६४ लाख २० हजार टायर तथा ट्युब मुलुकमा आयात भएको देखिन्छ ।

विसं २०४१ मा शिलान्यास भएर २०५१ देखि उत्पादन सुरु गरेको गोरखकाली रबर उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको थियो ।

उद्योग स्थापना गर्दा ३८ प्रतिशत शेयर नेपाल सरकारको, २१ प्रतिशत शेयर स्थानीयवासीको र बाँकी अन्य बैङ्क तथा वित्तीय संस्थालगायतको स्वामित्व रहेको उद्योग हाल बेसहाराजस्तै छ । मुलुकको एक मात्र रबर उद्योग बन्द अवस्थामा छ भने भारतलगायत मुलुकबाट टायरका साथै अन्य रबरजन्य वस्तु आयात गरेर आवश्यकता पूरा गर्न नेपाली बाध्य छन् ।

गोरखाको प्रसिद्ध गोरखकाली मन्दिरका नामबाट नामकरण गरिएको सो उद्योग गोरखा नगरपालिका मजुवा देउरालीमा छ । करिब ६६२ रोपनीमा फैलिएको उद्योग स्थापनाको १४ वर्षसम्म राम्रै अवस्थामा सञ्चालनमा रहे पनि त्यसको केही समयपछि बन्द हुँदै, खुल्दै गर्न थाल्यो र पछिल्लो समय पूर्णरूपमा बन्द छ ।

उद्योगले सो समयमा ट्रक, जीप तथा भ्यान, कारलगायतमा प्रयोग हुने विभिन्न प्रकारका टायर उत्पादन गर्ने गरेको थियो । स्वदेशी उद्योगले उत्पादनमा देखाएको क्षमता र गरेको उत्पादनले मुलुक रबरमा आत्मनिर्भरको बाटोमा मात्र रहेन भारत, श्रीलङ्का तथा बङ्गलादेशमा समेत गोरखकाली छाप अङ्कित टायर तथा ट्युब निर्यात हुने गरेको थियो तर उद्योग स्थापनाको ३० वर्ष नपुग्दै निर्यात त के उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा आइपुग्यो ।

विभागको तथ्याङ्कअनुसार नौ महिनामा सबैभन्दा बढी टायर र ट्युब भारतबाट आयात भएको देखिन्छ । विवरणअनुसार चालु आवको चैत मसान्तसम्म भारतबाट मात्र ४४ लाख ४१ हजारभन्दा धेरै थान तथा १७ लाख ४८ हजार रबरजन्य वस्तु आयात भएको देखिन्छ । यसको आयात मूल्य आठ अर्ब २३ करोड ८९ लाखभन्दा धेरै छ । आयातबाट सरकारले दुई अर्ब ८० करोड ६३ लाखभन्दा बढी राजस्व उठाएको देखिन्छ ।

त्यस्तै चीनबाट ३३ करोड ९५ लाखभन्दा धेरैको रबरजन्य वस्तु आयात भएको छ । थाइल्यान्डबाट ३७ हजार ८६३ थान टायर तथा ट्युब २० करोड ५८ लाख २६ हजार आयात मूल्यमा भित्रिएको विवरण छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा भारत, चीन, थाइल्यान्ड, ताइवान, इण्डोनेशिया, जापान, अमेरिकालगायत मुलुकबाट रबरका टायर, ट्युब तथा रबरका अन्य वस्तु आयात हुने गरेको देखिन्छ ।

राष्ट्रिय अर्थतन्त्रको विकासका लागि मुलुकको उद्योग क्षेत्रका साथै स्रोतको संरक्षण र प्रवर्द्धन गरी नेपाली श्रम, सीपलाई प्राथमिकतामा राख्नु जरुरी देखिन्छ । यसै विषयमा आव २०७७÷७८ को नीति तथा कार्यक्रममा सरकारी स्वामित्वमा रहेका बन्द तथा रुग्ण उद्योग एवं संस्थानलाई निजी क्षेत्रको समेत सहभागितामा उपयुक्त व्यवस्थापन, विधि र प्रक्रियाबाट अधिकतम क्षमतामा पुनः सञ्चालन गरिने उल्लेख गरिएको थियो ।

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा वैदेशिक पुँजी तथा प्रविधिको लगानी बढाउँदै पूर्वाधार विकासमा प्रोत्साहन गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ ।

यी अध्ययनहरूका अनुसार चुलिँदो आयात र घट्दो विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्रमा पार्ने असर कम गर्न मुलुकका उद्योगको सुदृढीकरण तथा प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्नेछ । त्यसै गरी रुग्ण उद्योगअन्तर्गत परेका उद्योगलाई आवश्यक सहयोग, सुविधासहित पुनरुत्थान गरी सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने तथ्य रुग्ण उद्योगको व्यवस्थापनका लागि सुझाव दिन विसं २०७७ साउनमा गठित समितिसमेत छ ।

यिनै तथ्य र राज्यको आवश्यकताका आधारमा गोरखकाली रबर उद्योगलाई पनि पुनरुत्थान गरी बर्सेनि बाहिरिने अर्बौँ रुपैयाँ स्वदेशमै रोक्नुपर्ने सबैको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस