२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई गगनको जवाफ : बालकोट गएर ट्युसन पढाउँछु

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफूहरूको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गरेका छन् ।

ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई विगतमा पनि पागल भनेको भन्दै थापाले भने, ‘उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई पागल भन्नुहुन्छ ।’

मङ्गलवार एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा काँग्रेसको घोषणापत्रमाथि टिप्पणी गर्दै ‘पागलहरूको प्रलाप’ भनेका थिए ।

बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा काँग्रेस महामन्त्री थापाले ओलीले काँग्रेसको घोषणापत्र विषयवस्तुमा चुनौती दिन नसकेको तर आफ्नो आलोचना देखेपछि आक्रोशित भएको बताए ।

‘उहाँलाई आफ्नो प्रशंसाको एकालाप सुन्ने बानी भएको हो । एक पछि अर्को झुटको पर्दाफास गरेपछि उहाँले सहन सक्नुभएन’ उनले भने ।

महामन्त्री थापाले एमाले अध्यक्ष ओलीलाई तर्क(लजिक) मन नपर्ने र जादु (म्याजिक) मात्र मन पर्ने भन्दै काँग्रेसको घोषणापत्रमा लजिक मात्र भएकाले मन नपरेको बताए । ‘केपी ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । हामीले लजिक राखेका छौँ, म्याजिक छैन ।’

ओलीले काँग्रेसले आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले ओलीले भनेको समृद्धि र काँग्रेसले भनेको समुन्नतिमा धेरै भिन्नता रहेको बताए । ‘अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु ।समृद्धिको आइडिया चोरेर लगिदेला भनेर अनिदो नबस्नु समृद्धि तपाईँकै आइडिया हो’ उनले भने ।

थापाले अघि भने, ‘तपाईँको समृद्धिमा अहङ्कारको भ्यूटावर छ । हाम्रो समुन्नतको आइडियामा भ्यूटावरबाट देखिने मान्छेको दुख हल गर्ने उपाय छ ।’

प्रतिक्रिया दिनुहोस