२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमाल आरोहणका लागि ८७६ जनालाई अनुमति

अ+ अ-

काठमाडौँ । यस वर्षको वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पर्वत आरोहणका लागि १०९ आरोही समूहका ८७६ स्वदेशी तथा विदेशी आरोहीले ‘एक्सिपीडिसन पर्मिट’ आरोहण अनुमति पाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही पर्मिट लिएर गन्तव्यतिर निस्किएका हुन् । विभागको पर्वतारोहण शाखाबाट जारी भएको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् ।

त्यस्तै, अमादब्लम (६८१४ मि) आरोहणका लागि नौ समूहका ९७ ले अनुमति पाएका छन् । कञ्चनजङ्घा (८५८६ मि) आरोहणका लागि समाज सात समूहले अनुमति लिएको छ । अन्नपूर्ण (८०९१ मि) र नुप्से आरोहणका लागि समान चार समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मि) मा चार, धौलागिरि (८१६७ मि) का लागि दुई र ल्होत्से (८५१६ मि) मा एक आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

त्यसै गरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुलीका लागि चार, थापा पिकका लागि चार समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती हिमाल तथा पिक आरोहणबाट ४४ करोड ८० लाख ९४ हजार रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस