२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा ९३६ जनाले उम्मेदवारी दर्ता गराए

अ+ अ-

हुम्ला । हुम्लामा ९३६ उम्मेदवारले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्लाको सात स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित महिला सदस्य गरी कूल ९३६ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।

कार्यालयका अनुसार अदानचुली गाउँपालिकामा अध्यक्षमा चार, उपाध्यक्षमा ६, वडाध्यक्षमा २०, सदस्यहरूमध्ये महिलातर्फ २४, दलित महिलातर्फ १९ र अन्य ३७ गरी कूल १०४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै खार्पुनाथ गाउँपालिकामा अध्यक्षमा चार, उपाध्यक्ष ९, वडाध्यक्ष २२, सदस्यहरूमा महिलातर्फ १७, दलित महिलातर्फ १५ र अन्यतर्फ ४१ गरी कूल १०८, चङ्खेली गाउँपालिकामा अध्यक्ष ५, उपाध्यक्ष चार, वडाध्यक्ष ४१ र सखस्यहरुमा महिलातर्फ ३४, दलित महिलातर्फ २० र अन्य ७२ गरी कूल १७६, ताँजाकोट गाउँपालिकामा अध्यक्ष आठ, उपाध्यक्ष आठ, वडाध्यक्ष ३१, सदस्यहरूमा महिलातर्फ २३, दलित महिलातर्फ १० र अन्य ३३ गरी कूल ११३ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

उनका अनुसार, नाम्खा गाउँपालिकामा अध्यक्ष चार, उपाध्यक्ष पाँच, वडाध्यक्ष २६, सदस्यहरूमा महिलातर्फ १६ र अन्य ३२ गरी कूल ८३, सर्केगाड गाउँपालिकामा अध्यक्ष ६, उपाध्यक्ष सात, वडाध्यक्ष ६०, सदस्यहरूमा महिलातर्फ ३७, दलित महिलातर्फ २६ र अन्य ८९ गरी कूल २२५ तथा सिमकोट गाउँपालिकामा अध्यक्ष ६, उपाध्यक्ष ६, वडाध्यक्ष ३०, सदस्यहरूमा महिलातर्फ २२, दलित महिलातर्फ १९ र अन्य ४६ गरी कूल १२७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि जिल्लामा नेपाल प्रहरीतर्फ ६८४ र सशस्त्र प्रहरीतर्फ २३० सुरक्षाकर्मीलाई खटाइएको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस