२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्यानमा छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

अ+ अ-

सल्यान । छुट्टाछुट्टै घटनामा परी यहाँ तीन जनाको मृत्यु भएको छ ।

बागचौर नगरपालिका–६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

बागचौर–६ मैढोले हुँदै जामुनेचौर जोड्ने सडक चौडा गर्ने क्रममा रा१क ७१९ नम्बरको स्काभेटर दुर्घटना हुँदा दाङको बबई गाउँपालिका–४ हापुरे घर भएका चालक ३३ वर्षीय देवराज खत्री र सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का १८ वर्षीय चित्रबहादुर विकको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक खत्रीको घटनास्थलमै र सहचालक विकको उपचारका क्रममा सल्यान अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका बागचौर–६ का धनबहादुर वलीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच बिहे भोज खाएर घर फर्किने क्रममा एक शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ ।

दार्मा गाउँपालिका–४ का ५४ वर्षीय शिक्षक शप्तप्रकाश मल्लको बिहे भोज खाएर घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहे भोज खान गएका मल्ल आज बिहानसम्म पनि घर नफर्केपछि खोजी गर्दा मृतावस्थामा परिवारले फेला पारेका थिए ।

मल्ल स्थानीय नव सर्वसाधारण मावि रातामाटामा कार्यरत भएको पारिवारिक स्रोतले जनाएको छ । शव परीक्षणका लागि सल्यान अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस