१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले टुंग्यायो महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार

अ+ अ-

भक्तपुर । नेकपा (एमाले) ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार बैठकले काठमाडौँ महानगरपालिकाको प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सुनिता डङ्गोल, ललितपुरमा प्रमुख हरिकृष्ण व्यञ्जनकार, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, पोखरा प्रमुखमा दीपक पौडेल, उपप्रमुखमा मञ्जुदेवी गुरुङ, भरतपुरको प्रमुखमा विजय सुवेदी, वीरगन्जमा प्रमुख विजय सरावगीलाई उम्मेदवार बनाउने गरी निर्णय गरेको छ ।

भरतपुरको उपप्रमुख, वीरगन्जको उपप्रमुख र विराटनगरको प्रमुख र उपप्रमुख भने नाम टुङ्ग्याउन बाँकी राखेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरू जनकपुर र जितपुर सिमराबाहेक अन्यत्र टुङ्ग्याएको छ । उपमहानगरपालिकातर्फ धनगढीको प्रमुखमा रणवहादुर चन्द, उपप्रमुखमा चन्द्रकला राना थारु, नेपालगन्जको प्रमुखमा पशुपतिदयाल मिश्र, उपप्रमुखमा शान्तिदेवी ढकाल, तुलसीपुरको प्रमुखमा टीकाराम खडका, उपप्रमुखमा सानी चौधरी, घोराहीको प्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा मनकुमारी डिसी, बुटवलको प्रमुखमा बाबुराम भट्टराई, उपप्रमुखमा सावित्रादेवी अर्याल, हेटौँडाको प्रमुखमा अनन्त पौडेल, उपप्रमुखमा सुमित्रा काफ्ले, धरानको प्रमुखमा मन्जु काफ्ले भण्डारी, उपप्रमुखमा पदम लिम्बू, इटहरीको प्रमुखमा यामकुमार सुब्बा, उपप्रमुखमा सङ्गीता चौधरी, कलैयाको प्रमुखमा विनोद शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जनकपुरमा भने प्रमुख तथा उपप्रमुख दुवै बाँकी छ । यसै गरी कलैयाको उपप्रमुख र जितपुर सिमराको प्रमुख तथा उपप्रमुखको नाम टुङ्ग्याउन बाँकी राखेको छ ।

बाँकी रहेको ठाउँमा तालमेलको सम्भावनालाई मध्यनजर गर्दै अहिलेलाई नाम खाली राखेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस