२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवामा पर्यटकको चहलपहल बढ्दै

अ+ अ-

रसुवा । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ ।

कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य २२/२३ जना पर्यटकको आगमन भइरहेको छ ।

आन्तरिक पर्यटक बढी मात्रामा पवित्र तीर्थ गोसाइँकुण्डतर्फ र विदेशी पर्यटक भने लाङटाङतर्फ केन्द्रित हुने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

पर्यटकको आगमन वृद्धि भएसँगै पर्यटन क्षेत्रका होटल तथा लजको थप व्यवस्थापकीय कार्य भइसकेको जानकारी दिँदै पर्यटकीय होटल व्यवस्थापन समितिका जिल्ला अध्यक्ष निशान उपनामका रामशरण गजुरेलले धार्मिक तथा पर्यटकीय पदमार्गमा खान बस्न कुनै समस्या नपर्ने भएकाले यात्रा गर्न आग्रह गरे ।

सुनसान रहेको हिमाली पर्यटकीय क्षेत्रमा पर्यटकको ओहोरदोहोर हुन थाले पछि गोसाईंकुण्ड धार्मिक मार्गको रौनकता बढेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिए ।

पाहुनाको आगमन निरन्तररूपमा बढ्न थालेपछि क्रमिकरुपले पर्यटन पेसाबाट आर्थिक सुधार हुँदै जाने आशा पलाएको होटल व्यवसायी बताउँछन् । पैदलमार्गको अलावा हवाई मार्गसमेतबाट गोसाईंकुण्ड जाने यात्रुको आकर्षणसमेत बढ्दै गएको छ ।

यस्तै हेलिकप्टर सञ्चालक कम्पनीले गोसाईंकुण्ड यात्रु ओसारपसार गराउन उडानलाई प्राथमिकता दिएका छन् । पैदलमार्गको उकालो हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई हेलिकप्टर सुविधाले तीर्थ जान सहज बनाएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल बताउँछन् ।

धार्मिक मान्यताअनुरुप जिन्दगीमा एक पटक भए पनि पुग्नै पर्ने तीर्थ भएका कारण पैदलमार्ग वा हवाईमार्ग जुनरूपमा सहज हुन्छ एक पटक गोसाईंकुण्ड पुग्न समस्त भक्तजनलाई अनुरोध गरिएको पुरोहित ढकाल बताउँछन् ।

गोसाइँकुण्डको दर्शनार्थी सिम्रिक, डाइनेष्टी, अल्टिच्युट, फिस्टेल, कैलास, मनाङ, हेलिमाउन्टेन, प्रभु, हेलिएभरेष्टसमेतका हेलिकप्टर कम्पनीले धार्मिक उडान गरिरहेको हेलिकप्टर एसोसिएसनले जनाएको छ ।

पैदलमार्गबाट हिमाली पदयात्राका लागि हिँडेका पर्यटक बीच बाटोमा बिरामी परेमा तत्काल उद्धारका लागि हेलिकप्टरले उद्धार गर्ने गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस